ट्राफिक प्रहरीले झापामा अर्कैको लाइसेन्स बनाउन ट्रायल दिने दुई जनालाई नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय झापाबाट बिर्तामोड स्थित कान्तिपुर ड्राइभिङ ट्रायल सेन्टरमा माघ २७ गते संचालन भएको ए.के. वर्गको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा ट्राफिक प्रहरी कार्यालय झापाबाट खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले इलाम माङसेबुङ गाउँपालिका ३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अबस्थामा दुवैजनालाई पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । दुवैजनालाई म्याद थप गरी अनुसन्धान भइरहेको बिर्तामोड इप्रका बिर्तामोडले जनाएको छ ।

_1736908732.jpg)
