झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नारायण न्यौपानेले जिम्मेवारी समाले सगै विभिन्न कामलाई तिव्रता दिएको छ। नगरपालिकामा विगत २ महिना भन्दा बढी समयबाट रोकिरहेका विभिन्न कामहरूलाई सहज ढंगबाट निरन्तर अघि बढाईरहेकोे पाएको हो।


यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलेको अन्यत्र सरुवा भएसगै रोकिएर बसेका विभिन्न कामहरूलाई नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य द्वारा सेवा प्रवाहमा तिव्रता दिएको पाएको छ।


गत माघ १४ गते बाट कनकाईको प्रमुख प्रशासकीय अधिकृतको रुपमाजिम्मेवारी समाले सगै न्यौपानेले कर्मचारी तर्फ विभिन्न शाखा प्रमुखहरुलाई राखेर अहिलेसम्म भएका प्रगति विवरणको जानकारी लिदै आगामी दिनमा नीति नियम संङ्गत सेवा प्रवाहमा छिटो छरितो र चुस्तदुरुस्त गर्न निर्देशन समेत दिनुभएको थियोे ।


लामो समय सम्म स्थानीय तहको जिम्मेवारी सम्माल्दै कनकाईमा आईपुग्नु भएका न्यौपानेले बिना कारण कर्मचारीहरुको तर्फबाट सेवा प्रवाहमा ढिलाई गर्न नहुने भन्दै जनप्रतिनिधि , योजनाका काममा विभिन्न उपभोक्ता समिती ,ठेकेदार कम्पनी सबैको सहकार्य गरि कामलाई निश्चित समय अवधिमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।


कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाले सगै आफ्नो अनुभवलाई सदुपयोग गर्दै नगरबासीको हित र विकासमा सदैब हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।


प्रशासनिक कार्य सम्पादनमा अब्बल न्यौपाने भन्नुहुन्छ ” जति जिम्मेवार जनप्रतिनिधिको हुन्छ त्यति त कहाँ कर्मचारीको हुन्छ र? तर पनि म आफू जुनसुकै ठाउँमा पुगेपनी त्यहाँ जनप्रतिनिधि ,कर्मचारी , आम नागरिकको सहकार्यमा कामलाई अगाडी बढाउने नै हो उहाँको भनाई छ” स्थानीय तहमा नगर प्रमुख , उप प्रमुख सहित सबै सग हातेमालो गर्दै प्रशासनिक र राजनीतिक सन्तुलन कायम गर्न लागि पर्ने प्रतिवद्वता समेत जनाउनु भएको छ।


कर्मचारीहरूको संस्थागत क्षमता विकास गर्दै सेवा प्रवाहलाई सरल, सहज, र पारदर्शी बनाउदै संस्थागत सुशासनलाई मजबुत बनाउनदै लैजाने समेत बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले सामाजिक संजाल र मिडियामा नगरको सकारात्मक छवि निर्माण गर्दै नकारात्मक प्रचारलाई न्यूनीकरण गर्ने समेत बताउनुभयो ।


यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा जनप्रतिनिधिबाट हुने कामहरू निरन्तर अघि बढीरहेको र अब भने प्रशासनिक कामले पनि गति लिने बताउनुभयो ।


अहिले कनकाईमा आफुलेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेसगै दुई पटक सम्म कार्यपालिका बैठक बसेको त्यस्तै १७ औं नगरसभा अन्तर्गत बैठक जारी रहेको , आगामी ५ गते सोमबार सार्वजनिक सुनुवाइको कार्यक्रम समेत रहेको न्यौपानेले बताउनुभएको थियोे ।