बिर्तामोड ।
झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज ९बिहीवार० भएको खेलमा इष्ट्र होराइजन, सूर्यदय स्कुल बिजयी भएका छन् ।

चौथो दिनको खेलमा इष्ट्र होराइजन र सूर्र्यदय स्कुल बिजयी भएका हुन् ।
आजको पहिलो खेलमा इष्ट्रहोराइजन र ग्लोवल इग्लिस बिच प्रतिस्पर्धा भएको थियो । ९–० को फरक गोल अन्तरसँगै इष्ट्र होराइजन बिजयी भएको थियो । उक्त खेलको म्यान अफ द म्याच रित राजवंशी भए ।

_1736908732.jpg)
आजको दोस्रो खेल सूर्योदय बोडिङ स्कुल र लिटल फ्लार्वस स्कुल बिच भएको थियो । ४–२ को अग्रता कायम गर्दै सूर्यदय बिजयी भएको हो । सुर्यदयका गोलकिपर सुशान्त बिष्ट म्यान अफ द म्याच घोषित भए ।
_1739844454.jpeg)

भोली दुई खेल हुनेछन् । जसमा पहिलो खेल न्युटन्स र बाल्मिकी र दोस्रो सुनगाभा र निदी स्कुलबिच प्रतिस्पर्धा हुनेछ । फागुन ६ गते फाइनल खेल हुने र प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता छ ।