सन्थाल समूदायको महान पर्व सोहरायको अवसरमा विर्तामोड नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
लोपउन्मुख तथा भुमि पुत्रका रुपमा झापा लगायत सुनसरी र मोरङ जिल्लाहरुमा रहेका सन्थाल समूदायको पर्वलाई संरक्षण गर्ने उदेश्यले बिर्तामोड नगरपालिकाको २७ गते बसेको कार्यपालिकाको बैठकले

प्रत्येक वर्ष माघ ३० गते अर्थात आज सार्वजनिक विदा दिने निर्णय गरेको कार्यक्रमकी बिशिष्ट अतिथी बिर्तामोड नगरपालिकनकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले बताउनु भयो । गरामनीमा नगर स्तरीय सन्थाल सोहराय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै भाषाको सस्कृतिको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व रहेको बताउनु भयो ।
कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले स्थानिय सरकारले सार्वजनिक विदा प्रदान गरि सन्थाल समूदायको भावनालाई सम्बोधन गरेको बताउनु भयो ।

_1736908732.jpg)
उहाँ बहुसाँस्कृतिक बहुआयामिक भुमिका बोकेको नेपाल अन्य राष्ट्र भन्दा भिन्न बन्नु कारण भनेको फरक सांस्कृतिक पहिचान रहेको बताउनुभयो ।
उहाँले सन्थाल समूदायले दशैं आएको शङकेत गर्ने ढोला बाजा ,बजाउन छोड्दै गएकोमा दुःख ब्यक्त गर्नु भयो ।
_1739844454.jpeg)

प्रमुख अतिथि कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा सन्थाल मार्साल डाहार सुसार समाजका अध्यक्ष रिन्टु हस्दाको अध्यक्षता रहेको थियो ।
बिर्तामोड वडा नम्वर ३सन्थाल मार्साल डाहार सुसार समाजका अध्यक्ष श्याम मुर्मूले सोहराय पर्वका महिमाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सन्थाल समूदायको नृत्य सोहराय नृत्यसहित साँस्कृतिक पहिचान झल्कने ३ र अन्य गरि ६भन्दा बढी नृत्य प्रस्तुत गरिएको थियो ।