बिर्तामोड, ३ फागुन । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापाको चौथो अधिवेशन शुरु भएको छ ।
झापाको बिर्तामोडमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापा र तमु ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिसद झापाको संयुक्त आयोजनामा अधिवेशन शुरु भएको हो ।

परिषदका झापा अध्यक्ष टिकाराम गुरुङको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रमा प्राविधिक विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो ।
लामा गुरुहरुले स्वतिवाचन गरेको कार्यक्रममा परिषदका झापा बरिष्ठ उपाध्यक्ष जगत गुरुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उदय गुरुङ नेतृत्वको टोलीले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

_1736908732.jpg)
कर्यक्रममा परिसदका कोशी प्रदेश प्रमुख केशरमान गुरुङ, केन्द्रीय सदस्य आनन्द गुरुङ, प्रदेश अध्यक्ष होम घले, प्रदेश उपाध्यक्ष सावित्रा घले, गुरुङ तमुस्यो छोंज धी झापा अध्यक्ष अमृता गुरुङ, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्योधन गुरुङ, परिषदका मेचीनगर अध्यक्ष सुवास गुरुङ लगायते शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन परिषदका महासचिव राम गुरुङले गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । परिषदले झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकामा पालिकास्तरीय समिति समेत गठन गरिसकेको छ ।
_1739844454.jpeg)
