झापा :  जिल्ला प्रहरी कार्यालय झापामा एक जना सईले झुन्डिएर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा कार्यरत प्रहरी नायव निरीक्षक (सई( धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

भोजपुर घर भएका खतिवडा केही महिनाअघि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट जिल्ला प्रहरी कार्यालय गएका थिए । उनको जागिरबाट अवकाश हुनै लागेको बताइएको छ । प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।