बिर्तामोड ।
बिर्तामोडमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज आइतवार भएको पहिलो र दोस्रो क्वाटर फाइनलबाट एभरेष्ट र इष्ट्रहोराइजन स्कुल सेमि फाइनलमा प्रवेश गरेका छन् ।

शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनामा आयोजित झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको प्राङगणमा भइरहेको फुटबल प्रतियोगिताको आजको खेलमा एभरेष्ट र इष्ट्रहोराइजन स्कुल सेमी फाइनलमा प्रवेश गरेका हुन् । आजको पहिलो खेल एभरेष्ट र चिल्ड्रेन स्कुल बिच भएको थियो । ५–० को अन्तरले एभरेष्ट सेमी फाइनलमा प्रवेश गरेको छ ।
आजको दोस्रो खेल इष्ट्र होराइजन रसूर्योदय स्कुल बिच भएको थियो । १–० को अग्रता कायम गर्दै इष्ट्र होराइजन सेमी फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच निशान्त चौधरी घोषित भए । सोमबार हुने सेमी फाइनलमा पहिलो खेल एभरेष्ट र निदि र दोस्रो बाल्मिकी र इष्ट्रहोराइजन स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।

_1736908732.jpg)
फागुन ६ गते फाइनल खेल हुने र प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहने बिद्यालयले जनाएको छ ।