अपराध अनुसन्धनमा अब्बल मानिने प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको हालै मात्र सरुवा भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापामा प्रबक्ताको रुपमा कार्यरत डिएसपी चन्दको काठमाण्डौंको जनसेवा वृत्तमा सरुवा भएको हो ।

स्वच्छ छवी र विषय विज्ञको रुपमा प्रहरी संगठन भित्र कहलिएका चन्दले झापामा एक बर्ष बस्दा अपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका निभाएका थिए । 

प्रहरी प्रमुखसंग समन्वय गर्दै जिल्लामा हत्या, चोरी पैठारी, र्दुघटना लागु औषध, तस्करी नियन्त्रण र बिभिन्न संघ संस्थासंग सहकार्य गरी शान्तिपूर्ण रुपमा समस्या समाधान गर्दै शान्ति सुरक्षा कायम राख्न चन्दले निभाएको भूमिका सदैब अवस्मरणीय रह्यो । 

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना डिएसपीको काज सरुवा गर्दा चन्दको पनि सरुवा भएको हो । चन्दले झापाको प्रबक्ताको जेम्मेवारीमा रहंदा उनले सञ्चार माध्यमहरुलाई घटना विवरण तथा सुचना दुत्र गतिमा पठाउने गर्दथे ।  

शान्ति सुरक्षा र अपराध अनुसन्धानमा असर नपर्ने घटना तथा सञ्चारकर्मीलाई आवश्यक पर्ने विवरणहरु तत्काल उपलब्ध गराएर मिडियामैत्री वातावरण झापामा चन्दले बनाउन सफल भएका थिए ।