शिक्षा शिकोप निकेतन स्कुलको चौथो वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ। झापाको बिर्तामोड २ मा रहेको स्कुलले विद्यालय परिसरमै विविध कार्यक्रमकाबिच वार्षिक उत्सव मनाएको हो।

बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । 

प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको बताए । स्कुलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरेको थियो । 

वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका  आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए।  कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिशेष अतिथि केशर खवास, बिर्तामोड कार्यपालिका सदस्य तिला गौतम लगायतले शुभकामना मनतब्य राखेका थिए । 

प्रिन्सिपल रेश्मा घिमिरेले  स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बिनु लिम्बु र तारा गौतमले गरेका थिए । 

शिक्षा शिको‌प निके‌तन नया सो‌च र‌ अवधार‌णासहित सहकार‌ी विधि र‌ प्रक्रियामार्फत खो‌लिएको‌ पहिलो‌ मण्टे‌श्वर‌ी विधिमा आधारि‌त स्कूल भएको शिक्षा बहुउद्दे‌श्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले बताए । 

उनले स्कुलको‌ सञ्चालन एवम् व्यवस्थापन शिक्षा बहुउद्दे‌श्यीय सहकार‌ीले गर्दै आएको उनले जानकारी दिए ।  २०७७ फागुन ४ गते‌ शिक्षा शिको‌प निके‌तन स्थापना भएको‌ हो‌ । अभिभावकको‌ माग, आवश्यकता र‌ चाहनाका आधार‌मा यो‌ विद्यालय सञ्चालन भइर‌हे‌को‌ छ । 

अहिले‌ स्कूल आफ्नै‌ भवनमा बिर्तामो‌ड–२ दे‌वी पञ्चकन्यामा सञ्चालन भइर‌हे‌को‌ छ । सहकार‌ी संस्थाले‌ विद्यालय÷क्याम्पस सञ्चालनका लागि बिर्तामो‌ड–२ मा १० कठ्ठा जग्गा खरि‌द गरि‌सके‌को‌ भए पनि पूर्वाधार‌ निर्माण र‌ व्यवस्थापनमा समय लाग्ने‌ भएकाले‌ प्रार‌म्भिकरुपमा मण्टे‌श्वर‌ी विधिमा आधारि‌त पूर्वप्राथमिक तहको‌ स्कूल मात्रै‌ सञ्चालनमा छ । आगामी शै‌क्षिक सत्रदे‌खि आधार‌भूत तहका कक्षा सञ्चालन गर्ने यो‌जना बनाइएको‌ छ ।