झापा, ४ फागुन । झापाको अर्जुनधारामा ट्रिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बेलुका अर्जुनधारा–७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का करिब २५ वर्षीय मोहन किस्कुलाई ठक्कर दिएको थियो ।
ट्रिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई टिपर र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएको छ ।