झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको श्रीअन्तु सेवा केन्द्रले डस्टबिन वितरण गरेको छ । 

श्री अन्तुसेवा केन्द्रले श्रीबुङ टोल विकास संस्थालाई छ थान डस्टबिन उपलब्ध गराएको हो । 


कार्यक्रमका प्रमुख अतिथि श्रीबुङ टोल विकास संस्थाका अध्यक्ष श्री बिगेन्द्र राई , विशिष्ट अतिथि रामप्रसाद दुलाल नैनागिरी पौडेल, कौशिला पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

FB_IMG_1739756448336

कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी गोपाल राईले गरेका थिए।

संस्थाको नीति र उपलब्धिका विषयमा सेवा केन्द्र प्रमुख हेमन्त गर्तौलाले प्रकाश पारेका थिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत सिम्रिकसाकोसले डस्टबिन वितरण गरेको जनाएको छ।

यसअघि पनि  समाजको उन्नति र समाज रूपान्तरण संगै सदस्यको लागि सिम्रिकले विभिन्न संघसंस्थाहरूसँग सहकार्य र हातेमालो गर्दै आवश्यकीय सामग्रीहरू उपलब्ध गराउँदै आएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।