बिर्तामोड। झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
यही फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतमा १४ वटा टिमको सहभागिता रहने आज आयोजित पत्रकार भेटघाटमा चारपाने युनाइटेड भेट्रान फुटबल क्लबका अध्यक्ष माधव खरेलले जानकारी दिए ।

प्रतियोगितामा आयोजकका दुई टिम रहने छन् भने तुर्केनी काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, उर्लाबारी, दमक लखनपुर, झिलझिले, दुधे, कनकाई, पूर्वेली, मदनपुर अर्जुनधारा, कटहरडाँगी बाह्रदशी भेट्रान क्लबको सहभागिता रहनेछ ।
फागुन १७ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्नेछ ।

_1736908732.jpg)
त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन करीब ७ लाख रुपैंया खर्च लाग्ने क्लबका कोषाध्यक्ष रामकृष्ण दाहालले जानकारी दिए ।
क्लबका अध्यक्ष खरेलको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा प्रमुख अतिथि बिर्तामोड नगर उप प्रमुख नगेन्दप्रसाद संग्रौला, बिशेष अतिथि बिर्तामोड २ नम्बर वडाध्यक्ष किशोर पौडेलले शुभकामना मनतब्य राखेका थिए । साथै प्रतियोगिताकालागि २ नम्बर वडाले एक लाख रुपैंया सहयोग गर्ने वडाध्यक्ष पौडेलले घोषणा गरेका छन् ।
_1739844454.jpeg)

क्लबका उपाध्यक्ष केशबराज दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन रमेश उप्रेतीले गरेका थिए ।