बिर्तामोड । 

झापाको बिर्तामोड ४ मा सञ्चालित गोमेन्द्र बिर्ता मोडल सेकेण्डरी स्कुलले २८औं वार्षिकोत्सव भब्यताकासाथ मनाएको छ । आज सोमबार बिर्तामोडमा उत्कृष्ट शिक्षक, अभिभावक तथा विद्यार्थीलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो । 

विद्यालयले शिक्षक सीएम खरेललाई दीर्घ सेवा सम्मानद्वारा सम्मान गरेको छ । त्यस्तै अभिभावकहरू गीता रिजाल (दाहाल), भोला गुरागाईं, उदयनारायण दाहाल, ध्रुवकुमार पुरी, कुमार पन्त र अरुण लिङ्खिम राईलाई सम्मान गरेको छ । 

विद्यालयका जन्मदाता ज्ञानुनाथ मैनाली र कुशलादेवि शिवाकोटीलाई जयनारायण–हरिप्रिया स्मृति पुरस्कार समेत प्रदान गरिएको थियो । 

oooooo

त्यस्तै ७ हजार ५ सय नगद राशीको  धनमाया शर्मा स्मृति पुरस्कार मेधावी छात्रा निर्जला राई, ५ हजार पाँच रुपैया राशीको दाधरा पुरस्कार छात्रा शिवानी नेसालाई प्रदान गरियो । नेसालाई नगद तथा सम्मानपत्रका साथै स्कूल ब्याग र शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

नगद पाँच हजार पाँच रुपैयाको देवका ढकाल स्मृति छात्रवृत्ति पुरस्कार विद्यार्थीहरु अनिशा राजवंशी र दिपस्ना लिम्बू (संयुक्त), आरभराज डाँगी, सगुन श्रेष्ठ र प्रज्वल प्रसाईलाई प्रदान गरियो ।

सरसफाईमा उत्कृष्ट छात्राहरु कृति थापा र श्रेया राईलाई पुरस्कृत गरियो भने ग्रेसा दियालीलाई अनुशासित विद्यार्थीको रुपमा पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक तथा विद्यालयका इन्चार्ज तीर्थ दाहालले जानकारी दिए ।

वर्षोत्कृष्ट विद्यार्थीको रुपमा एलेक्स पोखरेल र मस्ट भर्सटायल विद्यार्थीको रुपमा सायन घोष पुरस्कृत भए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, विद्यालयका निर्देशक तथा कार्यक्रमका अध्यक्ष उत्तम खनाल, सहनिर्देशक गीता ढकाल खनाल र संस्थापक प्राचार्य गणेशप्रसाद खनालले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति राखेका थिए ।