कनकाई : कनकाई नगरपालिकाको विकासका लागि सम्पूर्ण नगरबासीको सहकार्य आवश्यक रहेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। नगरपालिका द्वारा सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो ।
कनकाई ९ स्थित कृषि बजारको टहरामा आज सोमबार आर्थिक वर्ष २०८१÷८२ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियोे ।सोही क्रममा उठेका जिज्ञासा्को जवाफ दिने क्रममा नगर प्रमुख पोखरेलले उक्त कुरा बताउनुभएको हो।नगरप्रमुख पोखरेलले कुनैपनि काम सफल पार्न नगरबासीसबैको साथ सहयोग भएमात्रै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका विषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कृषि शाखा प्रमुख यदुकुमार उप्रेती, स्वास्थ्य शाखा प्रमुख केशव रिजाल, पशु मत्स्यको तर्फबाट कुलबहादुर गुरुङ लगायतले सहभागीहरुका प्रश्नहरुको क्रमशः जवाफ दिनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईं, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यामनाथ सेढाई, कोटिहोम धार्मिक विकास सस्थाका अध्यक्ष सेरबहादुर थापा, सम्भु सुस्केरा, दिननाथ खतिवडा, वृहस्पति उप्रेती, मोहन थापा, कल्पना मगर, पुन्यप्रसाद शिवाकोटी लगायत सयौं सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, खेलकुद, विभिन्न योजना, बजार

_1736908732.jpg)
व्यवस्थापन, सार्वजनिक शौचालय, सडक बत्ती, सुकुम्बासीलाई धनीपूर्जा वितरणमा ढिलाइ, राजस्व, घरनक्सा, बजेट बाँडफाँड, सूर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित, लागुऔषतको बढ्दो प्रयोग, फोहोरमैला व्यवस्थापन कर्मचारीबाट सेवा प्रवाहमा ढिलासुस्ती सूचना तथा सञ्चार लगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले सडक बत्ती, सुरुङ्गा बजारको स्थान्तरण पछिको भएको प्रगति, कृषि उत्पादनमा जोड, धनीपूर्जाका बारेमा अहिलेसम्म भएका प्रगतिका बारेमा स्पष्ट पार्नुभएको थियो । नगरप्रमुख पोखरेलले सबैखाले भ्रम र आलोचनाको प्रतिवाद कामबाटै गर्ने पनि बताउनुभयो ।
_1739844454.jpeg)

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ दिँदै नगरपालिका विरुद्धका सबैखाले भ्रम कामबाटै प्रतिवाद गर्दै जाने बताउनुभएको हो। उहाँले नगरको बजेट घट्दै गइरहेको र दायित्व बढ्दै गइरहेको जानकारी गराउनुभएको थियोे ।
सार्वजनिक सुनुवाईमा नगरप्रमुख पोखरेलले म कसैले भ्रम छर्यो वा आलोचना गर्यो भनेर प्रतिवादन गर्दिन त्यो त हाम्रो लागि सम्पत्तिको रुपमा ग्रहण गर्दै जाने र कामबाटै उत्तर दिने बताउनुभयो । काम गरेर देखाएपछि सबैखाले भ्रमहरु आफै झुट सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै नगरप्रमुख पोखरेलले कृषि, विकास निर्माण, खेलकुद, विभिन्न योजना, बजार ब्यवस्थापन, सार्वजनिक शौचालय, सडक बत्ती, नगरबासीको सेवा प्रवाह, सुकुम्बासीलाई धनीपुर्जा वितरणमा ढिलाइ, राजस्व, घरनक्सा, बजेट बाँडफाँड, सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित, लागुऔषतको बढ्दो प्रयोग, फोहोरमैला व्यवस्थापन सूचना तथा सञ्चार लगायतका विभिन्न विषयमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
नगर प्रमुख पोखरेलले लक्ष्य अनुसारको राजश्व संकलन, संघीय तथा प्रदेश सरकारबाट आउने रकम पनि २२–२५ प्रतिशतसम्म प्राप्त हुन नसकेकोमा पर्याप्त काम हुन नसकेको स्वीकार गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सुशीलकुमार पोखरेल वडा नं। २ का अध्यक्ष बलराम राई ९प्रताप०, वडा न ३ का वडाध्यक्ष युवराज चौलागाईं, वडा न ४ का अध्यक्ष रोषन सुवेदी, वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्ण बहादुर राई, वडा न ७ की कार्यवाहक अध्यक्ष
भीष्मभुषण सिटौला, वडा नं। ८ र ९ का वडा अध्यक्ष लीलाबहादुर कटुवाल र राजेन्द्रप्रसाद उप्रेती कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि टोलका संयोजक तथा प्रतिनिधि, कृषक आमनगरबासी विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको उपस्तिथिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
सार्वजनिक कार्यक्रम नगरउप प्रमुख शिवाकोटीद्वारा स्वागत गरिएको थियो । पत्रकार उमाकान्त खनालले सहजीकरण गर्नुभएको थियो ।