झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ ले ‘कौसी खेती प्रवद्र्धन’का लागि वडाबासीलाई आवश्यक सामग्री प्रदान गरेको छ । 

आज अर्जुनधारा ११ स्थित बसपार्कमा रहेको आर्दश सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबिच नगरको कृषि शाखा अन्तरगर्त वडाले ‘कौसी खेती प्रवद्र्धन’का लागि आवश्यक सामग्री प्रदान गरेको हो । 

११ नम्बर वडाध्यक्ष खगेन्द्र इङनाम, प्रमुख अतिथि अर्जुनधारा नगर उप प्रमुख खड्गमाया पराजुलीले सामग्री प्रदान गरेका हुन् । 

तलिममा सहभागि ६० बढी महिलालाई आवश्यक तालिम दिंदै भरमिक कम्पोष्ट , नर्सरी ट्रे, ग्रो वग, गार्डेन टुल्स, लौका , कांक्रो , करेला, बोडी, भिन्डीको बिउ तथा निमको तेल लगायतका सामग्री वितरण गरिएको अर्जुनधारा नगरपालिका कृषि शाखा प्रमुख एन्जीला बिडारीले जानकारी दिइन् ।

pic sahabhagi

कौसी खेती गर्न इच्छुक वडाबासीलाई  प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा सामग्री वितरण गरिएको बिडारीले बताइन् । करीब १ लाख ८० हजार मुल्य बराबरको सामान प्रदान गर्दै पहिलो पटक कौसी खेती तालिम वडाबासीलाई दिइएको अर्जुनधारा ११ का वडासदस्य केशब अधिकारीले जानकारी दिए । 

सामग्री हस्तानतरण कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन रिमाल, वडा सदस्य पुर्णबहादुर राई, केशव अधिकारी, सिता कडेंल दर्जी सहित टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो । वडा सदस्य शुशीला गिरीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन वडा सचिव शुशीला मिश्रले गरेकी थिइन ।