हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले सरोकारवालासंग अन्तरक्रीया गरेको छ । पालिकाले आफ्नै सभाहलमा सोमबार गर्नु पर्ने सेवा प्रवाह, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको प्रमुख आतिथ्य तथा पालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल उपरीक्षक तुलबहादुर भण्डारी, नेपाली सेनाका उपरिक्षक प्राजु बस्न्यात र राष्ट्रिय अनुसन्धान उप निर्देशक कुलचन्द्र नेपालको बिशेष आतिथ्यता रहेको थियो।

_1736908732.jpg)
तीनवटै सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक कार्यक्रम र हालको हल्दीबारीको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण साथै वडामा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेका र प्राप्तिमा समस्या रहेका बारेमा वडाअध्यक्षहरू र वडा सचिवहरूले अवगत गराएका थिए।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १, २, ३ र ४ का वडाध्यक्षहरू जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू, कर्मचारीहरू, वडा सचिवहरु, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
_1739844454.jpeg)

कार्यक्रममा वडाध्यक्ष र जनप्रतिनिधिहरूले पालिका क्षेत्र भित्र रहेका समस्याका जिज्ञासा सुझावसहित भनाइहरू राखेका थिए भने सो समस्या, जिज्ञासाका बारेमा सुरक्षा निकायका प्रमुख र प्रजिअ अधिकारीले सम्बोधन र जिज्ञासा शान्त पारेका थिए। कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख राजन न्यौपाने गरेका थिए।