झापाको बिर्तामोड–१ स्थित ग्रीन फिल्ड वल्र्ड स्कुलले बार्षिकोत्सव मनाएको छ ।
स्कुलले आज ९मंगलबार० परिसरमा बिबिध खेलकूद कार्यक्रमसंगै संस्कृतिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो ।

स्कुलको निर्देशक मनिषा बस्नेतको अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको रहेका थिए ।
स्कुलको को–अडिनेटर बर्नाड लामा र बिद्यार्थी सोफिया प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुशिला घिमिरेले गरेकी थिइन् । कार्यक्रममा बिद्यार्थीले विभिन्न सन्देश मुलक नाच , जातिय पोशाक पर्दशनी , गायन, रिले दौड लगायतका खेलकूद प्रतियोगिता प्रस्तुत गरेका थिए । साथै बिद्यार्थीहरुले मार्चपाससमेत गरेका थिए ।

_1736908732.jpg)
कार्यक्रममा बिद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेत, बाल्मिकी स्कुलका प्रिन्सिपल पवन गिरी, न्यूटन्स एजुकेशन फाउन्डेशनका प्रिन्सिपल देबेन्द्र हुमागाँई, हिसानका कार्यबाहक अध्यक्ष उत्तम खनाल, बिर्तामोड प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
बिद्यालयले हरेक वर्ष बार्षिकोत्सवमा वेग्ला बेग्लै ।कार्यक्रम गर्दै आएको जनाएको छ।

विद्यालयले यस अघि साइन्स, कल्चर र यस पटक खेलकूद कार्यक्रम आयोजना गरेको बिद्यालयका आइटी अफिसर सुशिल कार्की डोलीले जानकारी दिए ।
२०७४ सालका स्थापना भएको स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्मको अनुमति प्राप्त भएको आइटी अफिसर सुशिल बताए ।
हाल कक्षा नर्सरीदेखि ११ सम्म अध्यापन हुन्छ र आगामी बर्षदेअि कक्षा १२ पनि सञ्चालन गरिने विद्यालयले जनाएको छ।