बिर्तामोड ।
हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि इष्ट्रहोराइजन स्कुलले हात पारेको छ ।

शिक्षासेवी हरिकुमार प्रसाईंको स्मृतिमा एभरेष्ट स्कुलमा आयोजना गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा इस्ट होराइजन स्कुलले निदि स्कुललाई हराउँदै उपाधि जितेको हो ।
इष्ट्रहोराइजनले निदि स्कुललाई ३–२ को अन्तरले जित्दै उपाधि जितेको हो । उपाधिसँगै इष्ट्रहोराइजनले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । झापा ११ फुटवल क्लबका अध्यक्ष जलकुमार गुरुङ, न्यूटन्स स्कुलका प्रिन्सिपल देबेन्द्र हुमागाँई, एभरेष्ट स्मार्ट स्कुलका प्रिन्सिपल अनुप शर्मालगायतले बिजेता टिमलाई उपाधि प्रदान गरेका थिए ।

_1736908732.jpg)
त्यस्ते प्रतियोगितामा म्यान अफ द म्याच निरज मोहरा, वेष्ट डिफेन्ड आदित्य गौली, बेष्ट गोलकिपर प्रिन्स थाम्सुहाङ, बेष्ट फरवर्ड दर्शन गुरुङ, एमरिङ प्लेयर प्रसुन गौतम, प्लेयर अफ द टुर्नामेन्ट अविस्कार लिम्बु, वेष्ट कोच सरोज तामाङ, फेयर प्ले टिम देबकूल इग्लिस स्कुल, बेष्ट मिडफिल्डर उज्वल जबेगु, हाईएष्ट स्कोर अफ द टुर्नामेन्ट निशान चौधरी भएका थिए ।
उनीहरुलाई पनि मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनामा एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले गत माघ २८ गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहेको थियो ।