चारआली । 

झापाको चारआलीमा आयोजना गर्न लागिएको ‘चारआली म्युजिक फेस्ट– २०२५’ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआली स्थित हातेमालो सामुदायिक वनको मैदानमा गर्न लागिएको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको आज आयोजक बज्र इभेन्टले  पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 

उक्त सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्सको प्रस्तुति रहनेछ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।

झापाको बिर्तामोड, धुलाबारी, चारआली, चन्द्रगढी लगायतका स्थानबाट टिकट धमाधम बिक्री भइरहेको आयोजक बज्र इभेन्टका अध्यक्ष फूर्वा लामाले जानकारी दिए ।  करिब आठ हजार दर्शकलाई मनोरञ्जन दिने लक्ष्य रहेकोमा हालसम्म अनलाइन र टिकट बिक्री केन्द्रबाट तीन हजार आठ सय टिकट बिक्री भइसकेको जनाइएको छ ।

टिकट दर विभिन्न चार तहमा पाँच सय, एक हजार, तीन हजार ५०० र २५ हजार रुपैयाँ रहेको छ ।