बिर्तामोड ।
प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल सर्वसम्मत भएका छन् । आज भएको १० औं साधारणसभा एवम् छैटौं अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा खगेन्द्र घिमिरे, मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलिप थापा सर्वसम्मत भएका हुन् ।
यस्तै, सदस्यहरुमा भोला तिम्सिना, सुरज प्रधान, सेवान्ता घिमिरे चयन भएका छन् । बाँकी सदस्यहरु पछि मनोनित गरिने जनाएको छ ।