दुर्गापुर : झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनले आज वार्षिकोत्सव मनाएको छ ।
फाउण्डेशनले आज फक्ताङलुङ महोत्सव–२०८१ सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरी १५ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा फक्ताङलुङ महोत्सव कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं। ४ का सांसद एलपी साँवा लिम्बूले गरेका थिए । भने विद्यालय परिसरमा स्थापना गरिएको फक्ताङलुङ संग्रहालयको उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद लिम्बूले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिए । उनले उत्कृष्ट विद्यार्थी उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले विद्यार्थीलाई किताबी मात्र नभई व्यावसायिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले समेत शिक्षा क्षेत्रको विकासका लागि विभिन्न योजना बनाएर काम गरिरहेको उनले बताइन ।

_1736908732.jpg)
कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयकी शिक्षिका संगीता लिम्बूले स्वागत गर्नुभएको कार्यक्रममा नगरबाल कल्याण अधिकारी उमानाथ ढकाल, इष्ट होराइन इंग्लिस स्कूलका प्रिन्सिपल सञ्जय राई, मर्निङ ग्लोरिका प्रिन्सिपल अशोक न्यौपानले लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । छ जना ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रममा विद्यार्थीले स्पीच, नृत्य, गीन, मार्सल आट शो लगायतका प्रस्तुति दिएका थिए ।
_1739844454.jpeg)

महोत्सवमा विद्यार्थीहरुद्वारा निर्मित विज्ञान तथा रोबर्टिस वस्तुको प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक सिर्जना लिम्बू, एन्जल पोखरेल र विद्यार्थी ओसन लिम्बू तथा कुसुम ढुंगानाले गरेका थिए ।