बुट्टाबारी ।
झापाको बिर्तामोड–६ स्थित बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा तेस्रो ‘बुट्टाबारी च्यालेन्ज कप २०८१’ हुने भएको छ । आगामी फागुन २० गतेदेखि २७ गतेसम्म कोशी प्रदेश स्तरीय तेस्रो बुट्टाबारी च्यालेन्ज कप नक–आउट फुटवल प्रतियोगिता २०८१ आयोजना गर्न लागिएको क्लवले आज (बिहीवार) हरियाली खेल मैदानमा पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

स्थानीय फुटवल खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष हिमाल कन्दङ्वाले जानकारी दिए ।
प्रतियोगितामा गाइघाट युनाइटेड, विराटनगर सिटी, न्यू स्टार क्लब सुनसरी, रेडहर्ष फुटवल कनव इलाम, लेटाङ फुटवल क्लव, र झापाका तीन वटा टिम सहभागी हुने आयोजक आयोजकले जनाएको छ ।

_1736908732.jpg)
प्रतियोगिताको बिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ र उप–बिजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । बिजेता तथा उप बिजेताको ट्रफि युवा व्यवसायी तथा सामाजिक ब्यक्तित्व पुर्वाञ्चल ढुवानी सेवाका प्रोपाइटर समेत रहेका निर्मल खत्रीले निशुल्क उपलब्ध गराएको अध्यक्ष कन्दङ्वाले बताए ।
_1739844454.jpeg)

प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार पुरस्कार दिइनेछ ।
यस्तै बेष्ट प्लेयर १५ हजार, हाई स्कोरर १० हजार, राइजिङ प्लेयर १० हजार, वेष्ट गोल किपर १० हजार नगद पुरस्कारसहित ट्रफी मेडल, प्रमाणपत्र साथै अन्य पुरस्कारहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित १९ लाख ५० हजार रुपैयाँ खर्च हुने र बिर्तामोड नगर, बिर्तामोड–६ वडा कार्यालयसहित संघसंस्था, खेलप्रेमी ब्यक्तित्वहरुको सहयोग रहने बताइएको छ । दोस्रो पुरस्कार कनकाई हस्पिटल बिर्तामोडले उपलब्ध गराउने अध्यक्ष कन्दङ्वाले बताए ।
क्लवका अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएका पत्रकार सम्मेलनमा बिर्तामोड–६ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सूर्वप्रसाद कन्दङ्वा, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत क्लवका बरिष्ठ उपाध्यक्ष मरिचमान राईले गरेको कार्यक्रमको सञ्चालन सचिव रबिन राईले गरेका थिए ।