बिर्तामोड ।
झापा बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले बिभिन्न संघसंस्थाको सहयोगमा आज छैटौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको विराट–अर्जुन उपभोक्ता सहकारीका अध्यक्ष नबिन खरेलले जानकारी दिए ।

नेपाल चलचित्र पत्रकार संघ झापा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र झापा ब्लड डोनर सोसाईटीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा बिराटले बिर्तामोड स्थित दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

_1736908732.jpg)
रगतको कमीलाई केही हदसम्म भएपनि न्यूनिकरणकालागि रक्तादन गरिएको हो । सहकारी संस्थाका अध्यक्ष नविन खरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत कार्यक्रम संयोजक बिष्णु आचार्यले गरेको कार्यक्रममा रेडक्रस उपशाखा बिर्तामोडका सभापति मनोज अग्रवाल, चलचित्र पत्रकार संघका अध्यक्ष रमेश तिवारी, बोष्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल, बिर्तामोडका युवा व्यवसायी सामाजिक ब्यक्तित्व निर्मल खत्रीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव लक्ष्मीप्रसाद खरेलले गरेका थिए ।
_1739844454.jpeg)
