कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब बढी राजश्व संकलन गरेको छ । भन्सारले सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

माघ महिना सम्म नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सारले लक्ष्य भने भेट्न सकेन ।