झापाको हल्दिबारी गाउँपालिकामा आजबाट वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ । हल्दिबारी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन सहित ,डम्बर वनले दिवंगत बुबा जगतबहादुर र आमा  नरमाया वनको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन् । 

आज शुक्रबार हल्दिबारी माबिको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।  प्रतियोगिता को एक कार्यक्रमका विच हल्दिबारी पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन ले गरेका छन् । 

उदघाटन कार्यक्रममा विशेष अथिति झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, झापाका प्रहरी प्रमुख एसपी मिलन केसी, सशस्त्र प्रहरी प्रमुख एसपी तुलाराम भण्डारी, हल्दिबारी गाउँपालिका उप प्रमुखयस्ता लक्ष्मी देवी मैनाली लगायतको आतिथ्यता रहेको थियो । 

vlcsnap-2025-02-21-04h01m26s717

हल्दिबारी माबिका प्र.अ टंक पाख्रिनले स्वागत गरेको कार्यक्रमको औचित्य माथि प्रमुख प्रशासकिय अधिकृत मानबहादुर बनले प्रकाश पारेका थिए । उनले आगामी दिन मा अन्य क्षेत्र मा पनि काम गर्ने बताए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो । उद्धघाटन कार्यक्रममा वडा नम्बर तीन र पाँच विच भएको थियो । जसमा ३ नम्बर वडालाई हराउंदै वडा नम्बर ५ ले बिजय हासील गरेको छ । पाँच नम्बर वडाले तीन नम्बरलाई ३ – १ गोलले हराएको हो । 

त्यस्तै आज भएको दोस्रो खेलमा चार नम्बरलाई हराउंदै दुई नम्बर वडा बिजयी भएको छ । चार नम्बर वडालाई १ –० ले हराउंदै दुई नम्बरले जितेको हो । भोली फाइनल हुने जनाइएको छ । भोली कर्मचारी र जनप्रतिनिधिबिच पनि मैत्रीपुर्ण खेल हुने प्रमुख प्रशासकिय अधिकृत बनले जानकारी दिए ।  

खेल संयोजक वडा चार का अध्यक्ष सन्त कुमार थापा मगरका अनुसार आज पहिलो खेलमा वडा नम्बर २ का समीर लिम्बु र दोस्रो खेलमा वडा नम्बर ५ का जलन खवास म्यान अप द म्याच भए ।  प्रतियोगिताको बिजेताले नगद १५ हजार सहित ट्रफि , मेडल र उप बिजेताले नगद १० हजार सहित ट्रफि मेडल पाउने जनाइएको छ ।