झापा
इलाका प्रहरी कार्यालय कांकरभिट्टामा एक बर्ष कार्यकाल सफलता पुर्वक बिताएर भर्खरै सरुवा भएका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कांकरभिट्टामा रहंदा सहयोग गर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, जिल्लाका प्रहरी प्रमुख , भारतीय प्रहरी, स्थानीय जनप्रनिधि, सञ्चारकर्मी इप्रका कांकरभिट्टाका सम्पूर्ण प्रहरी कर्मचारी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित अन्यलाई धन्यबाद दिएका छन् ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना डिएसपीको काज सरुवा केहि दिन अघि गरेको थियो । रिक्त रहेका कार्यालयहरूमा काज सरुवा हुंदा लामाको मानव स्रोत विकास विभागमा सरुवा भएको हो ।

_1736908732.jpg)
सरुवा भएर काठमाण्डौं गएका लामाले आज सांझ सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘ इप्रका कांकरभिट्टामा प्रमुखको रूपमा एक वर्षको अवधिमा रहँदा मलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछु ।
कांकरभिट्टा बसाइँको क्रममा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्नुहुने कोशी प्रदेश प्रहरी प्रमुख विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखज्यू, सशस्त्र प्रहरी बल प्रमुख, सञ्चारकमी, जनप्रतिनिधि लगायत सरकारी निकायहरू, समाजसेवी, विभिन्न संघ–संस्था उद्योग–व्यवसायीमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
_1739844454.jpeg)

साथै इप्रका कांकरभिट्टामा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू समेत धन्यवाद ज्ञापन दिन चाहन्छु ।’
इप्रका कांकरभिट्टामा एक वर्षअघि आएका लामा अपराध अनुसन्धानमा सक्षम र अब्बल मानिन्छन् । उनी आफ्नो क्षमता र अनुभवलाई सदुपयोग गर्दै कार्यकालमा उल्लेख्य काम समेत गर्न सफल भए ।
प्रहरी संगठनभित्र डिएसपी लामा स्वच्छ छवि , कुशल नेतृत्व गर्न सक्ने र विषयगत ज्ञान भएको प्रहरी अधिकारीको रुपमा परिचित छन् ।
डिएसपी लामाले कांकरभिट्टा रहंदा अपराध न्यूनीकरण, चोरी पैठारी, लागुऔषध ,चेलीबेटी बेचबिखन, दुर्घटना न्यूनिकरण सहित भारतीय प्रहरी अधिकारी संग समन्वय गर्दै सीमामा हुने अपराध न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिकसँग हातेमालो गर्दै समुदाय साझेदारीअन्तर्गत विभिन्न कार्यक्रमहरू उनले सञ्चालन समेत गरेका थिए ।
डिएसपी लामाको ठाउँमा राजन लामा आएको बताइएको छ ।
डिएसपी लामाले सामाजिक सञ्जाल फेसबुकमा आज सांझ उनले लेखको पोष्ट यस्तो छ ।
विगत एक वर्षदेखि इलाका प्रहरी कार्यालय काँगडभिट्टामा कार्यरत रहँदा मार्गदर्शन गर्नुहुने प्रमुख जिल्ला अधिकारी ज्यूहरू,प्रदेश प्रहरी प्रमुखज्यूहरू ,जिल्ला प्रहरी प्रमुखज्यू ,जिल्ला स्थित नेपाली सेना , राष्ट्रिय अनुसन्धान ,सशस्त्र प्रहरी बल प्रमुखज्यूहरू, बीओपी काकडभिट्टा तथा बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रमुखज्यूहरू, नागरिकको जीवनको सुरक्षाको लागि आवश्यक सहयोग
र सुझाव गर्नुहुने सङ्घीय, प्रदेश तथा स्थानीय निकायका जनप्रतिनिधिज्यूहरू, स्थानीय संघ संस्थाका पदाधिकारीज्यूहरू, मानवबेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा काम गर्नु हुने सम्पुर्ण संघसंस्था पदाधिकारी लगायत कर्मचारीहरु,सदैव
सहयोग गर्नुहुने काकरभिट्टा खानेपानी ,तामाङ घेदुङ मेची नगर परिवार ,मेचीनगर सामुदायिक परिवार, सञ्चारकर्मीज्यूहरू ,इलाका प्रहरी कार्यालय काकर भिट्टा तथा मातहत कार्यरत रहि अहोरात्र खट्नुहुने सम्पूर्ण सिनियर प्रहरीअधिकृत,जुनियर प्रहरी अधिकृत तथा जवानहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दै यहाँहरुको व्यक्तिगत सामाजिक तथा व्यवसायिक जीवनमा
उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
साथै मेरो अनुरोधमा हरदम समन्वय र सहजीकरण गर्नुहुने कलकत्ता स्थित नेपाली महावाणिज्य दूतावासका प्रमुखज्यूहरू, भारतीय सीमा सुरक्षा बल, एसएसबी वेस्ट बंगाल प्रहरी, आसाम प्रहरी, सिलगुडी प्रहरी, सिक्किम प्रहरी लगायत सम्पूर्ण सहयोगीहरुमा समेत हार्दिक आभार व्यक्त गर्दछु। जयनेपाल।