इलाम : यातायात व्यवस्था कार्यालय इलामले चालु आव ६ महिनाको अवधिमा ५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म रु पाँच करोड  ३२ लाख ५५ हजार ५ सय ८५ रुपैंया संकलन गरेको हो । 

कार्यालय प्रमुख खगेन्दप्रसाद  मैनालीका अनुसार यातायात क्षेत्रबाट रु ५५ लाख ३० हजार नौ सय २० , चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु ९६ लाख ३९ एक हजार ९ सय ५५, सवारीसाधन कर रु तीन करोड ८० लाख ४ हजार ६ सय १० र व्यवसाय रजिष्ट्रेशन दस्तुर ८० हजार १  सय रुपैंया संकलन भएको हो । 

यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र इलाम पाँचथर, ताप्लेजुङ र इलाम भए पनि झापा सहितका  बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनाली बताउंछन् । 

कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके लगायतको शिर्षकबाट  सो राजस्व संकलन गरेको हो । 

कार्यालयमा रहेको विवरण अनुसार पौष मसान्त सम्ममा सार्वजनिक ३५, नीजि ४४८, सरकारी १० वटा सवारी दर्ता भएको छ ।