बिर्तामोड । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बिर्तामोड नगर सममितिले झापाको बिर्तामोड–५ स्थित मुक्तिचोकमा दीप प्रज्वलन गरेको छ । राप्रपा बिर्तामोड नगर समितिको आयोजनामा आज शनिवार साँझ दीप प्रज्लन गरेको हो । 

गत फागुन ७ गते पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातान्त्र दिवसको अवसर पारेर नेपाली जन्तालाई दिएको शुुभकामना सन्देशको स्वागत गर्दै राप्रपा बिर्तामोडले दीप प्रज्वलन गरेको हो ।  

पूर्व राजाको सम्मानार्थ राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा  पार्टीको झण्डासहित हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ, श्री ५ को आव्हानलाई स्वागत छ, राप्रपा नेपाल जिन्दाबाद, जस्ता नारा लेखिएको प्लेकार्डसहित करिव ७०÷८० जनाको उपस्थितिमा  दिप प्रजवलन कार्यक्रम गरेको छ । 

कार्यक्रममा सम्बोधन गर्दै नगर अध्यक्ष लक्ष्मी गौतमले राष्ट्र नायक ज्ञानेद्र राजको सुभकामना एकदमै स्वागत योग्य रहेको बताएका छन् ।  उनले राजाको बक्तब्यलाई आत्मा साथ गरि राजाकै सन्देशसँगै राप्रपाले एउटा आन्दोलनको शुरूवात गर्ने, राजा सबैको साझा,  चाहना र आवश्यता भएको बताएका छन् । 

निवर्तमान बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले राप्रपाले राज ल्याउने आन्दोलनको तयारी गरिरहेको,  मरेर जाने २ दिने चोलालाई जस्तोसुकै आन्दोलन गर्न पनि नडराउने राजको निम्ति ज्यानको आहुति दिन पनि तत्पर रहेको र गणतन्त्र फेल गराउन देशका प्रमुख सत्ता पक्षका दलहरु लागि परेकोले नेपाली जनता चुप लागेर बस्न नहुने उनले बताएकी छिन् ।