झापा
मेचीनगर वडा नं। १३ को चारआली बजार प्रवेश गर्न खोज्ने एउटा हात्तीलाई आज दिनभरी सुरक्षाकर्मीले घेराबन्दी गरेर रोकेका छन् ।

आज विहान ८ बजेतिर आँखा कम देख्ने एउटा ढोई हात्ती पूर्वपश्चिम राजमार्गको उत्तरतिर देखा परेको थियो । बजार र राजमार्गतिर नजाओस् भनेर सब डिभिजन वन कार्यालय धाइजन सहित जिल्लाको बन रक्षक र नेपाल प्रहरीको टोलीले पाउँ पाथिभरा मन्दिर नजिकै छेकेर रुङिरहेका हुन् ।
हात्तीलाई घेराबन्दी गर्न २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । हात्ती एकैठाउँमा उभिएको थियो । राजमार्गमा हात्तीको फोटो र भिडियो खिच्नेको भीड छ । रमिते सर्वसाधारणको लर्को लागेको हुँदा हात्ती थप आक्रामक हुने हो कि भनेर सुरक्षाकर्मीहरु चिन्तित देखिएका थिए ।

_1736908732.jpg)
हात्ती रहेको ठाउँबाट चारआली बजार र पाउँ पाथिभरा मन्दिर ५० मिटर नजिक छ । चारआली आसपासका स्थानीयलाई वनका अधिकारीले चनाखो भएर बस्न आग्रह गरेका छन् ।