झापा : बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सागर मिश्र आउने भएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मिलन भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको थिय ।
भट्टराई बिहीबार बिर्तामोड नगरपालिकाबाट विदाई भएका छन् । उनको ठाउँमा मिश्र आउन लागेका हुन् । प्रमुख प्रशासकीय अधिकृत मिश्रले सोमबारदेखि हाजिर हुने बताएका छन् । मिश्र मेचिनगर निवासी हुन् ।