बिर्तामोड– प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा सञ्चारकर्मी सिर्जना परियारले पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।
प्रेस चौतारी झापाकी सदस्य परियारले जन्मदिनको अवसर पारेर बिहीवार उपचार कोषलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

सञ्चारकर्मी परियारले उपचार कोषकी संयोजक भीमा सिवाकोटीलाई सहयोग रकम हस्तान्तरण गर्दै जन्मदिनमा गरिने खर्च कोषमा सहयोग गरिएको बताउनु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्य अस्मिता साँखीको उपस्थिति रहेको थियो ।