झापाको हल्दिबारी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय भिमप्रसाद भट्टराई छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो  ।

बिहीबार अपराह्न १० बजेतिर उनलाई स्थानीय मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपराह्न ४ः४० बजेतिर उनको शव भेटिएको हो ।

झापाका एसपी मिलन केसीका अनुसार, घाँस काट्न गएका उनी हराएपछि स्थानीयले खोजतलास थालेका थियो । त्यसक्रममा अपराह्न हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएको उनले बताए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताएका छन् ।