बिर्तामोड :
पूर्वपश्चिम राजमार्गको झापा बिर्तामोड सडकखण्डमा आज दिउंसो टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

गिरीबन्धु टि इस्टेट अगाडि आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १ बस्ने ५० वर्षीय चन्द्रप्रकाश भण्डारी गम्भीर घाइते भएका हुन् । बायाँ खुट्टामा गम्भीर चोट लागेर उनको बिएन्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन र टिप्पर चालक बिर्तामोड ४ बस्ने ३५ वर्षीय रमेश श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

_1736908732.jpg)
धुलाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे। १२ प ९४ नम्बरको मोटरसाइकलले राजमार्गबाट दक्षिण स्यालडाँगीतर्फ मोडिँदै गरेको प्रदेश १–०१–००१ क ११६७ नम्बरको टिप्परलाई गलत साइडबाट ओभरटेक गर्ने क्रममा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो ।