काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ । onlinekhabar.com

विस्तृत विवरण आउन बाँकी छ ।