झापा 

झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ ।  नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको 

झापा एफसीसँग फुटबल खेलको विकासका लागि आज बिर्तामोडमा झापा गोल्डकप आयोजक समितिले फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो ।

झापा गोल्डकपका अध्यक्ष केदार गिरी र झापा एफसीका अध्यक्ष अपर्ण खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र साटा साट गरेका हुन् । 

सम्झौतामा फुटबल खेलको बिकासका लागि दुबै पक्षको सक्रिय सहभागिता रहने, पुर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथ सम्झौतामा सहकार्य रहने सहमति भएको छ । 

हस्ताक्षर समारोहमा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, गोल्डकपका महासचिब बुद्व तामाङ लगायत गोल्डकप आयोजक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।