बिर्तामोड : प्रेस सेन्टर झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन गरिएको छ । प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले आज व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष राजु पाठकले नवनिर्वाचित अध्यक्ष पुष्प खड्कालाई माइन्युट हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन–प्रकाशनमा प्रकाशित सुखानी सन्देशको विशेषांक प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले सामूहिक रुपमा विमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री झलकसिंह दर्लामी सन्देश, झापा जिल्ला इञ्चार्ज रञ्जित तामाङ, प्रदेश उपाध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ
झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहान लगायतले सहिदको सपनालाई सहाकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिए ।

_1736908732.jpg)
पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सुखानी सन्देश साप्ताहिकको विशेषांकको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सुखानी सन्देशका सम्पादक चुडामणि वशिष्ठले विशेषांक प्रकाशनको विषयमा जानकारी दिनुभएको थियो । प्रेस सेन्टर झापा शाखा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले स्वागत गरेका थिए भने सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।