झापा
राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापाजिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता आयोजना हुने झापाजिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगिताको तयारी पूरा भएको छ ।

यहीफागुन २३, २४ र २५ गते मेची रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिकाअध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार प्रतियोगितामा झापाका सबै स्थानीय तहका विद्यालयहबाट प्रतिस्पर्धा गरी छनोट भएकामा ध्यमिकतहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले ६ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् ।

_1736908732.jpg)
यस वर्ष एथलेटिक्स (छात्र÷छात्रा), भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र उसु (छात्र÷छात्रा)खेल हुने अध्यक्षभण्डारीले जानकारी दिनुभयो ।
प्रत्येक टिममा ६ विधाकाकरिब १२५ जना खेलाडी तथाअफिसियल गरी करिब दुई हजारजनाको जमघट मेची रंगशालामारहने कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनु भयो ।

प्रतियोगिताकालागि खेलको विधाअनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको नेम्बाङले बताउनु भयो । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअर्जुनधारामा गराइएको थियो ।
प्रतियोगिताबाट विजेता खेलाडीहरु छनोट भई झापाजिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने समितिका प्रवक्ता जगन कार्कीले बताउन्भयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरुबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ ।
अहिले बजेट नआएपनिउद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दाताह?सँग सहयोग जुटाएर प्रतियोगिता गर्ने अठोट लिइएको अध्यक्ष भण्डारीले बताउनु भयो । ‘राष्ट्रपति रनिङ शिल्ड नेपाली खेलकुदको मुहानहो, यहीँबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनहुने हो’, भण्डारीले भन्नुभयो– ‘त्यसैले जसरी पनि यो प्रतियोगिता सम्पन्न गर्नुपर्छ भन्ने हामीले आँट गरेका छौँ, यसकालागि सबैको साथ–सहयोग प्राप्तहुने विश्वास पनिलिएका छौँ ।’
यो प्रतियोगिताकै अवसर पारेर खेलाडी वा प्राविधिकको खेलकुद क्षेत्रमा योगदान पुर्याएका तर आर्थिक अवस्थाकमजोर रहेका व्यक्तित्वहरुलाई सम्मान गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।