जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
होटलको कोठा नम्बर ३०१ मा बेडमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको पिपरा गाउपालिका ७ का सागरकान्त चौधरी रहेको जानकारी दिए ।

उनले आज दिउँसो ३ बजे होटल संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताए । उनले भने, ‘मृतकको शव अहिले घटनास्थलमै छ । मृत्यूको कारण खुलेको छैन् । होटलका एक कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’
मृतकका दाजु अनिल चौधरीले सिरहा, मिर्चैयाका अमित साहले कोठा बुक गरेको होटलका कर्मचारीले बताएको जानकारी दिए । अमित भने फरार भएका छन् । उनले होटललाई दिएको नम्बरमा फोन नलागेको प्रहरीले जनाएको छ ।

_1736908732.jpg)
उनका अनुसार सागरकान्त काठमाडौंमा बस्दै आएका थिए । उनी जनकपुरधाम किन आएका थिए भन्नेकुरा थाहा नभएको भाई अनिलले बताए ।