दुर्गापुर : झापाको कनकाई नगरपालिका–७ स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीले शिवसताक्षीस्थित सतासीधामको अवलोकन भ्रमण गरेका छन् ।
फाउण्डेशनको कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमण अन्तरगत आज सतासीधामको अवलोकन भ्रमण गरेका हुन् । सामाजिक विषयमा परियोजना कार्य अन्तर्गत विद्यार्थीले अवलोकन भ्रमण गरेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

शिक्षक सिर्जना लिम्बू र एन्जल पोखरेलको नेतृत्वमा भएको अवलोकन भ्रमणमा धाम परिसरमा रहेको गौशालामा गौं माताको आहारका लागि आर्थिक सहयोग समेत गरिएको थियो । अवलोकन भ्रमणबाट विद्यार्थीमा प्राणीप्रतिको प्रेम र सेवा भावको विकास भएको सामाजिक शिक्षक एन्जल पोखरेलले बताउनुभयो ।
विद्यार्थीहरुले गौशालाका संरक्षक गुरु र स्थानीयबासीसँग सतासीधामको इतिहास र हालका विकासका योजनाहरुबारे अन्तरक्रिया र छलफल समेत गरेका थिए। उनीहरुले सतासी झरना र धाम वरपर रहेका अनेकौं प्रजातिका वनस्पतिको अवलोकन गर्नुका साथै मनोरञ्जन समेत गरेको जनाइएको छ ।

_1736908732.jpg)