शिवसताक्षी

झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता एन नगर सभाले प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्गले नगर सभालाई सम्बोधन गर्दै स्थानीय तहको खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाएर नगरको समग्र विकासका लागि काम गर्नु पर्ने चुनौति रहेको बताए ।

शिवसताक्षी नगरपालिकाको शिवगञ्ज निर्माण गरिएको नगर अस्पतालन सञ्चालन लागि परेका छौ । प्रदेश सरकार र केन्द्रिय सरकारसँग बजेटका लागि माग गरिएको छ। नगर प्रमुख थोप्राले भने, नगरपालिकाले अर्ध वार्षिकी नगरभा गर्दै गर्दा पनि अहिले प्रदेश सरकार र केन्द्रिय सरकारले जाहेर गरेको अनुदान रकम समेत ३० प्रतिशत नगरपालिकामा नआएकाले अझै होसियारी भएर काम गर्नु पर्ने बाध्यता रहेको छ ।

नगरसभामा उपप्रमुख नगरमाया कार्कीले २०८१ ÷०८२को नीति तथा कार्यक्रम बजेट कार्यान्वयनका लागि बजेटको समीक्षा र बजेट संशोधन सहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा पर्यटन विकास, समावेशीकरण, सुशासन र गरिवी निवारणलाई प्राथमिकतामा राखी ल्याएइएको योजना बजेट कार्यन्वयनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा हेर्दा सकारात्मक दिशा तर्फ अघि बढेको बताइन् ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्मा कार्यालयको संचित कोषबाट कुल ४८ करोड, १५ लाख, ८७ हजार ९४० रुपैया प्राप्त भएको नगर उपप्रमुख कार्कीले बताइन् ।

चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेट रु ९७ करोड ६२ लाख ५२ हजार १३ रुपैया मध्येबाट चालु खर्च तर्फ ६२ करोड १७ लाख १६ हजार ७६५ रुपैया र पुँजीगत खर्चतर्फ बजेट ३५ करोड, ४५ लाख ३५ हजार २४८ विनियोजित गरेको थियो ।

जस मध्ये पौष मसान्त सम्ममा चालु तर्फ २२ करोड ३५ लाख ४४ हजार २१९ रुपैया र पुँजीगत ३ करोड ९० लाख ६७ हजार ५०० खर्च भएको नगर उपप्रमुख कार्कीले जानकारी दिइन् ।

जुन चालु तर्फ विनियोजित बजेटको ३५।९६ प्रतिशत तथा पँुजिगत तर्फ विनियोजित बेटको ११।२ प्रतिशत हुन आउँछ भने कुल विनियोजित बजेटको २६।९० प्रतिशत गरहेको देखिन्छ ।

नगर सभाले २०८१ ÷०८२ का लागि सञ्चालन गरेका सुन्दर सहर उज्यालो नगर कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको योजनाहरु अनुमोदन गरेको छ ।

कार्यापालिकाबाट निर्णय भएर सञ्चालन भएका संघ संस्था, क्लब, प्रतिष्ठान, भाषा संस्कृति संरक्षण लागि गरिएका कार्यक्रमहरु, भौतिक पूर्वाधार मर्मत सम्भारलगायतका नगरको तर्फबाट सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमहरुको नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगरका ११ वटै वडाहरुट संशोधित ३४ वटा योजनाहरु पेश गरिएका योजनाहरु अनुमोदन गरिएको छ ।

त्यस्तै नगरपालिका स्तरीय योजनाहरुलाई आवश्यकताको आधारमा रकमान्तर गरिएको स्तरीय १७ योजनाहरुलाई रकमान्तर गरी पेश गरिएका कार्यक्रमलाई समेत नगर सभाले अनुमोदन गरेको शिवसताक्षी नगरपालिको जनाएको छ ।

नगरसभा नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षता भएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफेले गरेकी थिइन् ।