काठमाण्डौ – इरानको तेहरानमा भइरहेको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो इराकलाई हराएको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा इराकसँग नेपाल ६८–६ अङ्कले विजयी भएको छ ।  समूह ‘बी’ मा नेपाल, इराक र इरान गरी तीन वटा टोली छन् ।

नेपाले दोस्रो खेलमा आज इरानसँग खेल्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, बङ्गलादेश,थाइल्याण्ड र मलेसिया गरी चार राष्ट्र छन् । सन् २००५ मा शुरू भएको एशियन च्याम्पियनशिपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन् ।

इरान २ पटक उपविजेता बन्दा जापान, थाइल्याण्ड र दक्षिण कोरिया पनि एक–एक पटक उपविजेता भएका छन् । पुरुषतर्फको एशियन च्याम्पियनशिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो । ujyaloonlinenews.com