झापा : झापाको बाह्रदशी गाउँपालिका –५ मा महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा क्रृण सहकारी संस्थाको आयोजनामा महिलालाई दुई दिने अचार बनाउने तालिम प्रदान गरिएको हो ।
महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

बाह्दशी गाउँपालिका वडा नं। ५ स्थित बुधबारे बजारमा गोलधाप सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यहरुलाई वडाध्यक्ष बिर बहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यतामा २ दिवसीय अचार निर्माण तालिम कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष तथा शिक्षा उप समिति संयोजक मेहरमान विष्टले जानकारी दिए ।
प्रमुख अतिथि राजवंशीले आगामी दिनमा सिम्रिक साकोस संग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

_1736908732.jpg)
तालिममा कागती, आँप ,अमला, लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको छ । सहभागिलाई सुनिता बजगाईं र हृदय कुमारी संग्रौलाले अचार निर्माण तालिम प्रदान गरेका हुन् ।

सहकारीका अध्यक्ष सुवास भट्टराईले आमा दिदी बहिनीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा अचार बनाएर बेच्न सदस्यलाई संस्थाका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेलले आग्रह गरेका छन् ।
तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने बिभागिय प्रमुख मिनबहादुर अधिकारीले बताए ।
उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने संस्थाले जनाएको छ । तालिम समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्ट, बिभागिय प्रमुख मिनबहादुर अधिकारी, बिभागिय अधिकृत विजय बस्नेत, आइटि बिभाग अधिकृत विजय पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।