हल्दीबारी । 

झापाको हल्दीबारी–१ गोलधापमा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

महिला दिवसको अवसरमा नेकपा एमाले सम्बृद्द भातृ संगठन अखिल नेपाल महिला संघ हल्दीबारी गाउँ कमिटीले आज (शनिवार) विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

महिलाहरुलाई तीन दिवसिय माईन्युट लेखन तथा उद्घोषण तालिमको उद्घघाटन सञ्चालन गर्दै मनाएको छ ।

 अनेम संघ हल्दीबारी अध्यक्ष जानुका डाँगीको अध्यक्षता र अनेम संघ जिल्ला सह–सचिव ललिता बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न

भएको उक्त कार्यक्रमको प्रमुख अतिथी जिक उपसचिव ललिता बस्नेत, अतिथीहरुतर्फ नेकपा एमाले हल्दीबारी गाउँ कमिटीका अध्यक्ष त्रीलोचन सापकोटा, जिकस पवित्रा रेग्मी, अनुस्का भण्डारी,

३ नं नेत्रीय संयोजक इन्दिरा शिवाकोटी, गाक उप–सचिव रोशनी शिवाकोटी, पूर्व जिकस कल्पना रेग्मी, सरिता न्यौपाने, गंगा रेग्मी, गिता घिमिरे, गाउँ  कस नेत्र पौड्याल, र नेकपा एमाले वडा नं १ अध्यक्ष सोम सुवेदीको आतिथ्य रहेको थियो ।

कार्यक्रम वडा नं १ को सभाहलमा सम्पन्न भएको उक्त ३ दिवसिय माइन्युट लेखन तथा उद्घोषण तालिम कार्यक्रममा हल्दीबारी गाउँपालिका वडा नं १ मा बसोबास गर्ने महिला दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण अनेम संघ हल्दीबारी गाउँ कमिटी उपाध्यक्ष निर्मला रेग्मीले गरेकी थिइन् ।