काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल बचाउन सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।

यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गर्न सफल भए पनि सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले बचाए । झापाका रोशन पहारी, प्रविन बस्नेत, बाफोर र गौरब धिमालले प्रहार गोल भएको थियो भने अभिनास स्याङ्तानको प्रहार बाहिरिएको थियो ।
खेलको ६९ औँ मिनेटमा चर्च व्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमि फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सुन्दर गोल गरेका थिए ।

_1736908732.jpg)
खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भए ।

खेलको १६ औँ मिनेटमा झापा एफसीका धिरज विष्टको प्रहारलाई चर्च व्वाइजका गोलरक्षक टेकन्द्र थापाले बचाए । १९ औँ मिनेटमा झापाका प्रविन बस्नेतको प्रहारले गोलपेष्टको दिशा लिन सकेन । २१ औँ मिनेटमा झापाकै विदेशी खेलाडी फैजलको प्रहार पोल नजिकैबाट बाहिरियो । २७ औँ मिनेटमा चर्च व्वाइजका विदेशी खेलाडी सर्जे डिकाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । २८ औँ मिनेटमा झापाका कप्तान आर्यन राईको प्रहारले पनि पोष्टमाथिबाट बाहिररियो ।
३२ औँ मिनेटमा झापाली कप्तान आर्यान राई घाइते भएपछि श्याम मुर्मुलाई कप्तानको जिम्मेवारी दिइएका थियो । ३४ औँ मिनेटमा झापाकाा अभिशेक स्याङतानको प्रहार चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृट बचाउ गरे ।
खेलको ३९ औँ मिनेटमा चर्च व्वाइजले पाएको फ्रि किकले समेत गोलको दिशा लिन सकेन । पहिलो हाफको खेलमा दुबै टिमले मौका पाए पनि गोल गर्न चुके ।
खेलको ५० औँ मिनेटमा चर्च व्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार पनि विफल भयो । खेलको ७२ औँ मिनेटमा चर्च व्वाइजले खेललाई दोब्बर बनाउने मौका पाए पनि चुक्यो ।
खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।
खेलपछि विजेता चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले व्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रर्दशन हुन नसकेको बताए ।
त्यस्तै झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए । उनले पूर्ण टिम भएको भए नतिजा अर्कै हुने दावी गरे ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टिम सहभागी छ ।