झापा : झापाको मेचीनगर नगरपालिका–४ आमडाँगीमा आगलागी हुँदा घाइते भएका ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागीमा घाइते हुने ५१ बर्षिय बिरेन्द्रराज राई रहेका छन् ।
गत फागुन ९ गते राति ९ः१० बजेको समयमा मृतक राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो ।

उक्त आगो निभाउने क्रममा बिरेन्द्रराज राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोली घाइते भएका थिए । घाइते उनको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगेर सामान्य उपचारपछि १०ः०५ बजे आफन्तले थप उपचारको लागि बिराटनगरतर्फ लगेका थिए ।
गत फागुन २२ गते साँझ ७ बजे घोपा धरानमा लगेर उपचार गरी पुनः बिराटनगर लगेकोमा आज ३ः३० बजेको समयमा उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।