मेचीनगर । झापाको मेचीनगर ४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो नेपाल  टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बौद्धमोड क्रिकेट क्लब अघिल्लो चरण प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको ताराबारीले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १०१ रन बनाएको थियोे । ताराबारीका लागि मासुम एमडिले सर्वाधिक २४ रन बनाए।

उनले १२ बल खेल्दै २४ रन बनाएका हुन्। त्यस्तै रुपम एमडिले ११ बलमा १९ रन तथा सेहिल एमडिले १४ बलमा १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा ताराबारी १०१ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ बौद्धमोडका लागि अमन विश्वकर्माले सर्वाधिक ४ विकेट लिए। त्यस्तै रमजन राई र भोला रोयले समान २र२ विकेट हात पारे भने प्रवेश अधिकारी र गगन शोहनीले समान १र१ विकेट हात पारे ।

१०२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले १५।५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । बौद्धमोडका लागि सागर रिजालले नटआउट २७ बलमा ३२ रन बनाए भने भोला रोयले १५ बलमा २७ रन, सागर रिजालले १९ बलमा २१ रन तथा रमजन एमडिले १४ बलमा १० रन बनाएका थिए।

यता बलिङतर्फ ताराबारीकाराजु सन्थालले २ तथा गान्धीले १ विकेट हात पार्न सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच बौद्धमोडका अमन विश्वकर्मा घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले ४ विकेट लिएका थिए।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।