बिर्तामोड
झापाको बिर्तामोडमा तरबारसहित मध्यरातमा युवाहरुबीच ग्याङफाइट भएको छ । गयाङ फाइटमा तीन जना घाइते भएका छन् । घाइते नेकपा एमालेकै कार्यकर्ता रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

ग्याङफाइटमा घाइते युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङदम्बे , एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा
नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास भएका छन् ।घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

_1736908732.jpg)
उनीहरुलाई बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४÷५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ ।

खालिङ पनि एमालेकै कार्यकर्ता रहेको जनाइएको छ । यसअघि उनी लिम्बुवान संगठनमा रहेका थिए ।
गएराति १२।४५ बजे बिर्तामोड नगरपालिका वडा न।४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई÷पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो ।
आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
घटना संलग्न मानिसहरु फरार रहेकाले खोजी भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको इप्रका विर्तामोडका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।