झापा :
हुलाकी मार्ग अन्तरगतको बिरिङ पुलमा आवतजावत बन्द हुने भएको छ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ खोलाको पुलबाट यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म पूर्णरुपमा आवतजावत बन्द गरिने भएको हो ।

झापा गाउँपालिकाले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयको प्राप्त पत्र अनुसार मेची–रतुवा सडकस्थित झापा गाउँपालिका वडा नं ५ पश्चिमतर्फ र बाह्रदशी गाउँपालिका वडा नं २ पूर्वतर्फ सीमामा रहेको विरिङ खोलाको केही बियरिङहरु परिवर्तन गरि नयाँ बियरिङहरु राख्नु पर्ने भएकोले करिब एक महिना बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत कार्य बन्द हुने जानकारी गराएको छ ।