बिर्तामोड : वीरता जेसीज बिर्तामोडको ४४ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आज बिर्तामोडमा सम्पन्न भएको छ ।
सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुंवरलाई आफूले लगाएको जेसीज चेन पहिराएर आफ्नो पद हस्तान्तरण गरेका थिए ।
विरता जेसीज बिर्तामोडको २०२५ को नयां नेतृत्वले पद हस्तानतरणसंगै मङ्लबार आजदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।
बिर्तामोडको बिर्ता पाटी प्यालेसमा आयोजित भव्य समारोहका बीच सन् २०२५ का अध्यक्ष कुंवर –सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् ।

नेपाली कांग्रेसका बरीष्ठ नेता पुर्व उप तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच विरता जेसीज बिर्तामोडका पूर्व अध्यक्षहरूले जेसी बस्नेतको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष कुंवरको गलामा पहिर्याइदिएका थिए ।
निर्वाचन समितिका आयुक्त तथा विरता जेसीज बिर्तामोका पूर्व अध्यक्ष घन श्याम चौधरीले निर्वाचित पदाधिकारीहरूको घोषणा गरेका थिए ।

यस अघि नै भएको अधिवेशनबाट उपाध्यक्षमा क्रमश पुष्प भण्डारी, सुभम शाह, अजय चौधरी, अजय अधिकारी, जनसम्पर्क अधिकारी अभिषेक गहतराज, , तालिम संयोजक शुसिल थापा, संयुक्त सचिव सुभाष त्रिखत्री, कार्यकारीणी उपाध्यक्ष सुमन पोद्धार, प्रभात मास्के, प्रकरण निर्देशक प्रज्वल बिमली निर्वाचित भएका थिए ।

त्यस्तै नव निर्वाचित अध्यक्ष युवराज कुवंरले आजै आफ्नो समितिलाई पुर्णता दिएका छन् । उनले महासचिवमा विज्ञान पौडेल, कोषाध्यक्षमा एलसी श्रेष्ठ, कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनित गरेका छन् ।
अध्यक्ष कुंवरलाई सन २०२४ का अध्यक्ष बस्नेतले सपथ गराएका थिए भने सन् २०२५ का अध्यक्ष कुवंरले आफ्नो कार्य समितिलाई सपथ गराएका थिए ।

अध्यक्ष कुवंरले आफ्नो कार्यकालमा सबैसंग हात्तेमालो र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यसतै समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभिका झापा सम्वाददाता बिष्णु श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिटौला, नेपाल जेसीज सन् २००८ को अध्यक्ष दिनेश कोइराला, मातृ शाखा भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठले शुभकामना मनतब्य राखेका थिए ।
त्यस्तै वीरता जुनियर जेसीज बर्ष २०२५ को अध्यक्ष अश्विन गोसाईको नेतृत्वमा निर्वाचित टिमले पनि सपथ ग्रहण संगै जिम्मेवारी सम्हालेको छ ।










































