कनकाई : झापाको कनकाई नगरपालिका वडा न १ ले यहाँका महिलालाई धमाधम स्वरोजगार बन्ने तालिम दिन थालेको छ । कनकाई नगरपालिका वडा न १ ले विभिन्न समयमा वडाका ९ वटै टोलका सबै महिला समुहहरुलाई सहभागी गराई छुट्टाछुट्टै तालीम दिई स्वरोजगार सहित आत्मनिर्भर बनाउदै आएको हो । केही समय अघि सहजीकरण महिला समुहको आयोजनामा पोते जुरा माला लगायत सीप सिकाएको थियोे भने वडाका एकल महिलाहरूको नेतृत्वमा फिनेल, लिकुइट र धुप बनाउने सीप सिकाएको थियो ।
त्यस्तै केही समय अघि १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम समेत सिकाएको थियो भने गत २५, २६ र आज २७ गते शान्ति महिला समुहको आयोजनामा ३ दिने साबन ,झोल साबन बनाउने तालिम सम्पन्न गराएको छ । दुर्गापुरस्थित सामुदायिक भवनमा सीप सिकौं अर्थोपार्जन गरौं ूभन्ने मुल नाराका साथ वडाका शान्ति महिलाको आयोजना वडाको आर्थिक सहयोगमा ३ दिने साबन ,झोल साबन बनाउने तालिम आज मंगलबार सम्पन्न गरेको छ।

आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष ईन्दिरा खनाल ९अधिकार० को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सुशीलकुमार पोखरेल रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको अझ धेरै ब्यस्थापन गर्दै पहिलो प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । प्रमुख अतिथि पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेष्ठ नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको जानकारी दिनुभयो ।

_1736908732.jpg)
उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनुभयो । तालीममा वडा भित्र रहेका ९ वटा टोलका ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो । तालिम प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा वडालाई धन्यवाद दिदै प्रशिकक्षार्थी तारा भण्डारी गङ्गा कार्की, आश्मा खरेल भन्नुहुन्छ ।
तीनदिने तालिमको अनुभवी प्रशिक्षक कमला खतिवडा रहनुभएको थियोे । बनाएको मुख धुने साबन तथा झोल साबन प्रयोग गर्न राम्रो र अर्ग्यानिक रहेकोे प्रशिक्षक खतिवडाले बताउनुभयो।

आगामी दिनमा समेत अन्य तालिमको योजना रहेकोे वडा सदस्य निर्मला खड्काको भनाई छ। यता आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष तथा कार्यक्रमकी सभापति अधिकारीले सिकेको सिपलाई सहि सदुपयोग गर्दै स्वरोजगार बन्न सुझाव दिनुभएको थियो ।
तीन दिवसीय तालीमको समापन कार्यक्रममा वडा सदस्य हरिकुमार राई, दलबहादुर थापा , वडा सचीव सदिक्षा निरौला , कर्मचारी निर्मला बानिया, वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । आयोजक संस्था शान्ति महिला समुहकी उपाध्यक्ष शुस्मा भट्टराईले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सन्चालन आयोजक संस्थाकी सचीव पुजन बास्तोलाले गर्नुभएको थियो ।